काठमाडाैं : लमजुङ र कास्कीको सिमानदी रूदीखोलामा ८.८ मेगावाटको जलविद्युत अायोजना निर्माण गरिरहेको रूदी हार्इड्रोपावर जलविद्युत अायोजनाले स्थानीयबासी एवं सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर (अाइपीअो) जारी गर्ने भएको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले सानीमा क्यापिटललार्इ नियुक्त गरेको छ । २५ करोड रूपैयाँ बराबरको अार्इपीअोमध्ये स्थानीयबासीका लागि १० लाख कित्ता र सर्वसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हाल निर्मााण गरिरहेको रूदी 'ए' अायोजनाको निर्मााण सम्पन्न हुने चरणमा छ । यस्तै, रूदी 'बी' अायोजनाको काम पनि लगभग अाधा सकिएको कम्पनीले दाबी गरेको छ ।
कम्पनीले निर्माण गरिरहेको अायोजनाको लागत १ अर्ब ३ करोड रूपैयाँ तोकिएकोमा प्राकृतिक प्रकोपका कारण समय लम्बिएकाले लागत थपिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
यो कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग हिउँदमाा ८ रूपैयाँ ४० पैसा र बर्खायाममा ४ रूपैयाँ ८० पैसामा विद्युत खरिद सम्झाैता (पीपीए) गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया