‘कहीँ नहुने जात्रा ओलीले देखाए, अब कसैले मत दिनुहुन्न’

लोकपथ
217
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गठबन्धन गरेको शक्तिलाई मत दिन नहुने बताएका छन् ।

आज काठमाडौंमा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

तत्कालीन ओली नेतृत्वको सरकारले कहीँ नभएको जात्रा देखाएको भन्दै उनले भने, ‘पाँच वर्षपछि सम्पन्न हुने योजनालाई आजै उद्घाटन गरिदिने । यी सबै अत्यन्तै कहिल्यै नहुने । कहीँ नहुने जात्रा केपी ओली पालामा देख्न पायौँ । त्यस किसिमको जात्रा देखाउनेलाई बिर्सिएर पनि मत दिने काम गर्नु हुँदैन । हामीले जुन अभियान अघि सारेका छाैँ । ती सबै पवित्र उद्देश्यले भएका छन् ।’

त्यसैगरी अहिले देशमा अग्रगामी र प्रतिगामी शक्तिहरुको गठबन्धन रहेको बताउँदै नेकपा एमालेले नेतृत्व गरेको गठबन्धनलाई समर्थन गर्न नहुने समेत उनले टिप्पणी गरे ।

‘अहिले देशमा दुई गठबन्धन छ । अब यो रोज्नुपर्नेछ । कुन गठबन्धनको पक्षमा लाग्ने । एउटा प्रगतीशील गठबन्धन छ । बाम लोकतान्त्रिक गठबन्धन छ । अर्को प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ । दक्षिणपन्थी गठबन्धनको नेतृत्वको नेकपा एमालेले केपी ओलीले गरिरहेका छन् । जहाँ राप्रपाजस्ता दक्षिणन्थी शक्तिहरु राजाबादी शक्तिहरु त्यो गठबन्धनमा सामेल छन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?