पुरुषले राज गरेर लछारपाटाे लगाउन सकेनौँ, महिलालाई कार्यकारी दिऔँ : प्रचण्ड

लोकपथ
728
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरुलाई कार्यकारी पदमा राख्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार काठमाडौंको शान्तिबाटिकामा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

त्यसैगरी उनले पुरुषहरुले धेरै राज गरे पनि त्यसमा लछारपाटाे लगाउन नसकेको स्वीकार गर्दै अब महिलाहरुलाई कार्यकारी दिनुपर्नेमा जोड दिए ।

‘हामी पुरुषहरुले धेरै राज गर्‍याैँ तर धेरै लछारोपाट लगाउन सकेनौँ । त्यही भएर महिलाहरुलाई एक पटक भूमिका निर्वाह गर्न दिऔँ’, उनले भने ।

कार्यकमलाई सम्बोधन गर्दै उनले महिलाहरुलाई विभिन्न आरोप लगाएर पछि पार्ने काम गरिरहेको बताए । त्यसैगरी उनले जहाँ–जहाँ महिलाहरु कार्यकारी पदमा रहेका छन् त्यहाँ राम्रा काम भएको टिप्पणी गरे ।

‘जहाँ–जहाँ महिलाहरु कार्यकारी पदमा रहेका छन् त्यहाँ राम्रा काम भएका छन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?