‘नेपालमा बाम गठबन्धन भन्दा पाँच दलीय गठबन्धन ठिक’

लोकपथ
2.1k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा बाम गठबन्धन भन्दा अन्य शक्तिहरुको गठबन्धन उपयुक्त हुने बताएका छन् ।

आज काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यसअघि बाम गठबन्धनमा आबद्ध भए पनि धोका भएको बताए ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई समर्थन गरे पनि पार्टीभित्र कुनै पनि सल्लाह नगरीकन संसद विघटन भएको बताए ।

‘संसद विघटन गर्नुभन्दा पहिला पार्टीभित्र सल्लाह भएन । सरकारमा आवद्ध दलहरुसँग सल्लाह नगरीकन संसद विघटन भयो ।’ उनले भने ।

त्यसैगरी गठबन्धनमा खटपट भए पनि कुनै असर नपर्ने उनको भनाइ रहेको छ । गठबन्धनमा भिन्न मत राख्न पाउनुपर्ने उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?