काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको राजनीतिक स्थिरताको लागि वर्तमान गठबन्धन रहेको बताएका छन् ।
आज काठमाडौं महानगरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले विकास, निकास र समृद्धीको लागि गठबन्धन भएको बताए ।
वर्तमान गठबन्धन देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य साना दलहरुसँग गठबन्धन गर्न गएको नेता पौडेलले बताए ।
‘यो गठबन्धनलाई हेरेर केपी ओलीले गठबन्धन गरेका छन् । राजनीति स्थिरताका लागि यो गठबन्धन बनेको छ ।’ उनले भने ।
त्यसैगरी वर्तमान गठबन्धनलाई कमजोर बनाउनका लागि विभिन्न ठाउँबाट प्रयासहरु भइरहेको उनको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया