आलमलाई थुनामै राख्न सर्वोच्चको आदेश

लोकपथ
707
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामै राख्न आदेश दिएको छ । सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै राख्ने आदेश दिएको हो ।

नेता आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए। आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?