काठमाडौं । काठमाडौं महानगरमा गठबन्धनबाट मेयरको उम्मेदवार सिर्जना सिंहले आफूलाई मत दिने मतदाताहरुको शिर निहुरिन नदिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
आज काठमाडौंमा आयोजित ५ दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ एवं मेयरकी उम्मेदवार सिंहले आफूबाट उम्मेदवारहरुले गरेको आशालाई पूरा गर्ने प्रयत्न गर्ने समेत बताइन् ।
‘म कहिले पनि मतदाताको कहिल्यै पनि शिर निहुरिन दिन्नँ’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ।
त्यस्तै काठमाडौं महानगरमा युवाहरुलाई परिचालन गरेर उद्यमी बनाउने समेत प्रतिबद्धता व्यक्त गरिन् ।
‘युवाहरुलाई परिचालन गरेर उहाँहरुलाई उद्यमी बनाउन चाहन्छु’, उनले भनिन् ।
त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनमा आफू मेयर बनिसकेपछि युवाहरुले दिने नभई आफूले युवाहरुलाई दिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया