काठमाडौं । काठमाडौं महानगरमा गठबन्धनबाट मेयरको उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरका युवाहरुलाई परिचालन गरेर उद्यमी बनाउने उद्द्योष गरेकी छिन् ।
आज काठमाडौंमा आयोजित ५ दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ एवं मेयरकी उम्मेदवार सिंहले सो कुरा बताएकी हुन् ।
‘युवाहरुलाई परिचालन गरेर उहाँहरुलाई उद्यमी बनाउन चाहान्छु ।’ उनले भनिन् ।
त्यसैगरी आगामी स्थानीय तहको निर्वाचनमा आफू मेयर बनिसकेपछि युवाहरुले दिने नभइ आफूले युवाहरुलाई दिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
‘म काठमाडौं महानगरको मेयर भएपछि उहाँहरुले दिने होइन मैले दिन्छु भन्न चाहान्छु ।’ उनले भनिन् ।
संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेतृ सिंहले आफूले कहिल्यै पनि उम्मेदवारहरुको शिर निहुरिन नदिने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया