जब पाइलटले रक्सी पिएर काठमाडौं विमानस्थलबाट विमान उडाउन खोजे

काठमाडौं –फ्लाई दुबईको  जहाज सम्भावित दुर्घटनाबाट जोगिएको छ । काठमाडौं विमानस्थलमा चेकजाँचका क्रममा  एफजेड ७३७ कल साइनको विमानका चालकले मदिरा सेवन गरेको फेला परेको हो । यही अवस्थामा विमान चलाइएको भए जे पनि हुन सक्थ्यो ।

  आइतबार बिहान ९ बजेर ५० मिनेटमा दुबईको लागि उड्नुपर्ने विमानको पाइलटमाथि चेकजाँचका क्रममा  मदिरा सेवन गरेको पाइएको थियो । त्यसलगत्तै विमानस्थलका अधिकारीहरुले उडान रोकेका थिए ।

सोहि कारण दिनभर विमान उड्न सकेन र त्यसमा रहेका १ सयको हाराहारीका यात्रु दिनभर अलपत्र परे । साँझ  दुबईबाट अर्को पाइलट आएपछि मात्रै राती ८ बजेर २० मिनेटमा विमान दुबईको लागि उडेको छ ।
 विमानस्थल कार्यालय स्रोतले बिहान चेकजाँचको क्रममा पाइलटले मदिरा सेवन गरेको पाइएको उडान रोकेको जनाएको छ । उनीमाथि फ्लाई दुबैकै अधिकारीको आग्रहमा चेकजाँच गरिएको पनि बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?