अभिनेता शत्रुघ्न सिन्हामाथि यौन दुर्व्यवहारको आरोप

लोकपथ
2.6k
Shares

काठमाडौं । भारतीय रियालिटी शो ’बिग बोस’ सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा माथि दुर्व्यवहारको आरोप लगाएकी छन् ।

पूजाले भारतीय सञ्चारमाध्यम नवभारत टाइम्स अन्तर्वार्ताा दिँदै शत्रुघ्न सिन्हा र उनकी पत्नी पूनम सिन्हाले आफ्नो फिल्मी करिअर बर्बाद गरेको र यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन्।

उनले आफूलाई बेहोस बनाएर काम गर्न लगाउन थालेको र आफ्नो भर्जिनिटी बेचेर शत्रुघ्न सिन्हाले आफ्नो छोरी सोनाक्षीलाई स्टार बनाएको बताएकी छिन् । साथै, उनले आफूलाई अफर आएको फिल्म ‘दवंग’मा सोनाक्षीलाई खोलाउन शत्रुघ्न सिन्हाले जालझेल गरेको पनि बताएकी छन् ।

अभिनेता शत्रुघ्नका छोरा लव एस सिन्हाले भने पूजाको आरोपलाई झुट्टो भएको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत पूजाको अवस्था मानसिक रूपमा असन्तुलित रहेकाले यस्तो प्रमाण नभएको आरोपको विषयमा समय बर्बाद नगर्न आग्रह गरेका छन् ।

पूजा मिश्राले बलिउड अभिनेता सलमान खानमाथि पनि बलात्कारको आरोप लगाएकी थिइन् । तर, उनले पछि उक्त आरोप गलत भएको स्विकार गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?