दक्षिण भारतीय फिल्मको स्वाद दिने ‘जय शम्भु’ ट्रेलर (भिडियो)

काठमाडौं । भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय शम्भु’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक्सन प्याक देख्न सकिन्छ भने प्रशान्त ताम्राकार, वर्षा शिवाकोटी र अनुपविक्रम शाहीलाई द्वन्द्वात्मक भूमिकामा देखाइएको छ ।

यसअघि फिल्म युनिटले टिजर सार्वजनिक गरेको थियो तर टिजरले खासै राम्रो प्रतिक्रिया पाउन सकेन ।

दिनेश शाही प्रस्तुतकर्ताका रुपमा रहेको यो फिल्मलाई अरविन्द्रमान शाक्यले निर्माण गरेका हुन् । त्यस्तै चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका छन् ।

फिल्ममा हरि घलेको छायांकन, वनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ भने फिल्ममा अनुप, प्रशान्त र वर्षासँगै करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?