काठमाडौं महानगरको उपमेयरका उम्मेदवार भन्छन्- ‘सुशासन के हो देखाइदिन्छौँ’

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौं महानगरमा गठबन्धनबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले महानगरपालिकालाई भ्रष्ट्राचारमुक्त बनाउँदै सुशासन कायम राख्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित ५ दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गत ५ वर्षको अवधिको नेतृत्वले काम गर्न नसकेको समेत बताए ।

‘हामी महानगरमा सुशासन के हो भनेर देखाइदिनेछौँ, उहाँ (सिर्जना सिंह)को नेतृत्वमा हामीले सुशासन के हो देखाइदिन्छौँ ’, उनले भने ।

त्यसैगरी महानगरमा हुने ढिलासुस्ती हटाउँदै भ्रष्ट्राचारमुक्त बनाउने समेत बताए ।

‘महानगरमा घुस खाने व्यक्ति छ भने आज भन्दा भोलि पर्सी भन्दै काम राख्छ भने त्यसलाई कारबाही गर्छाैँ’, उनले भने ।

त्यसैगरी यसअघिको नेतृत्वले कुनै पनि काम गर्न नसकेको आरोप लगाउँदै त्यसलाई अन्त्य गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?