डायलगबाट यौन बुझाउन खोजेको ‘मिस्टर भर्जिन’ को ट्रेलर रिलिज (भिडियो)

काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलर यौनको वरिपरि घुमेको छ ।

३ मिनेट १० सेकेन्ड लामो ट्रेलरमा विजय बराल, भोलाराज सापकोटा, गौरव पहारी, मरिष्का पोखरेल, रविन्द्र झा लगायतका कलाकारलाई देखाइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशकले फिल्म केही पृथक बनेको बताए ।

पृथकको अर्थ फिल्म सेक्सको वरिपरि घुमाएर दर्शकको ध्यान खिच्न खोजिएको छ । फिल्मका संवाद कण्डम र युवतीको अस्मिता वरिपरि घुमाइएको छ ।

चलचित्रका संवाद महेश दवाडीले लेखेका हुन् भने रामेश्वर कार्कीले छायांकन गरेका हुन् । त्यस्तै फिल्मलाई विसारद बस्नेतले निर्देशन गरेका हुन् ।

चलचित्र भदौ १ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?