काठमाडौं । चीनको ह्वान्झाओमा हुने तय भएको १९औँ एसियन गेम्स स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड–१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।
चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औँ एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।
प्रतियोगिताकै लागि नेपालले पनि आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो । तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने पक्का भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया