१० हजार घुससहित प्रहरी जवान अख्तियारको फन्दामा

काठमाडौं– अस्थायी प्रहरी पोष्ट नेपालगन्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

सर्वसाधारणले खरिद गरेका सामान ल्याउन सहजता गराइदिने प्रयोजनको लागि १०  हजार घुस माग गरेको भन्ने उजुरीको आधारमा आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

१० हजार घुस वापतको रकम लिईसकेको अवस्थामा उनलाई नेपालगंज उपमहानगरपालिका वडा नम्बर १०  स्थित चौधरी नास्ता पसलबाट आइतबार नियन्त्रणमा लिइएको  निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको पनि  उपाध्यायले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?