प्रधानमन्त्री ओलीले गराए तीन सहकारीकर्मीलाई पार्टी प्रवेश

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् ।
 राष्ट्रिय सहकारी महासंघका उपाधक्ष्य ओमदेवी मल्ल लगायत तीनजना सहकारीकर्मीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रवेश गराउंदै सो कुरा बताएका हुन् ।
  संविधानसभामा नेपाली काँग्रेसका तर्फबाट सभासद रहेकी मल्लले काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकोले नेकपामा प्रवेश गरेको बताइन् ।
मल्लका साथमा सहकारीकर्मीहरु विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गरेका छन् ।
 पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,प्रवक्ता नारायणकाजी श्रेष्ठ,महासचिब बिष्णु पौडेल,स्थायी समिति सदस्य बिष्णु रिमाल, केशव वडाल लगायतको उपस्थिती थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?