११ चैत्र २०७९, शनिवार

सुरु भयो देउवाको विरोध

२०७४,आश्विन,२८,शनिवार ०४:४७

0
Shares

काठमाडौं,२८ असोज –संसद विघठन हुनु एक दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचरसंहिता विपरित मन्त्रिपरिषद विस्तार गरको विषयमा निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी) आपत्ति जनाएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै मंसिर १० र २१ गते केन्द्रिय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन घोषणा भई निर्वाचन आचारसंहितासमेत लागू भइसकेको अवस्थामा निर्वाचन आचारसंहितासम्बन्धी निर्वाचन आयोगसँगको सर्वदलिय सहमतिमा हस्ताक्षरसमेत गरिसकेको अवस्थामा त्यसको विपरित मन्त्रि परिषद विस्तार गर्नुको कुनै औचित्य नभएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आचार संहिताको दृष्टिकोणले यो गम्भिर विषय हो र यसले देशमा द्वन्द्व बढाउँछ । संविधान, ऐन, कानून, नीति नियम पालना गर्न र कार्यान्वयन गराउन असहज हुन सक्छ । लोकतान्त्रिक सरकारप्रतिको जनविश्वास घट्दै जान्छ । खासगरी राज्यको संबैधानिक अङ्ग निर्वाचन आयोगको गरिमामय प्रतिष्ठा माथि प्रश्न उठ्न सक्छ ।’ समितिले नेपाली नागरिक, राजनैतिक दलहरु तथा मतदाताहरुको भावना विपरित गरिएको मन्त्रि परिषद विस्तार रोकिनु रोक्दै निर्वाचन आयोगले पनि आफ्नो भूमिका ससक्त बनाउनु पर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०४:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११