‘मिस युनिभर्स नेपाल २०२२’ को आवेदन खुला

लोकपथ
130
Shares

काठमाडौं । उमंग क्रिएशन प्रालिद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२२’ को आवेदन खुला भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच मिस युनिभर्स नेपालको तेस्रो संस्करणको घोषणा गरिएको हो। मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले यस प्रतियोगिताको आवेदन खुला गरिएकोे जानकारी दिएकी हुन्।

प्रतियोगितामा सहभागिता जनाउन एन्ड्रोइड र एप्पल स्टोरबाट ’मिस युनिभर्स नेपाल’ नामक एप डाउनलोड गरेर आवेदन दर्ता गर्न सकिन्छ । उक्त एप बिहीबार लञ्च गरिएको हो।

आगामी संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन भने समलैंगिक महिलाले पनि भाग लिन पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, गैरआवासीय नेपाली महिला (एनआरएन)ले पनि मिस युनिभर्समा आवेदन दिन सक्नेछन्।

यही असार २४ गते क्वाटर फाइनलिस्ट र साउन १७ गते सेमी–फाइनलिस्ट छनौट हुनेछन् । साउन २३ गतेदेखि १० दिनसम्म क्लोज क्याम्प हुनेछ भने भदौ ३ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।

उपधि विजेता अर्थात् ’मिस युनिभर्स नेपाल’ले दश लाख नगदसहित स्कुटर लगायतका पुरस्कार जित्नेछन् भने प्रतिस्पर्धामा चार जना उप–विजेताहरू घोषणा हुनेछन्, उनीहरूले अर्को वर्ष हुने प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

आयोजक संस्था उमंग क्रिएसनले अबको दुई महिनासम्म नेपालभर कार्यशाला सञ्चालन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?