विवाह बन्धनमा बाँधिए स्वप्न र ज्योत्सना

लोकपथ
338
Shares

काठमाडौं । लोकप्रिय गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार नेपाली परम्पराअनुसार विवाह गरेका हुन् ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका स्वप्न र ज्योत्सनाले विवाहपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै यस विषयमा जानकारी दिएका हुन् । उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेका हुन् ।

स्वप्न पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय छन् भने ज्योत्सना म्युजिक भिडियो र मोडलिङमा सक्रिय छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?