निर्वाचनको दिन उडान बन्द हुने

लोकपथ
126
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन ३० वैशाखमा आन्तरिकतर्फका सबै उडान बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् ।

निर्वाचन आयोगले यस दिन विदेश जाने यात्रुको सहजिकरणका यातायातको व्यवस्था गरिदिन सरकारलाई पत्राचार गरिसकेको छ ।

निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ । तर, सार्वजनिक यातायात भने चलाउन पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?