धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा रहेका छन् ।
कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया