काठमाडौं । नेपाली साहित्यका मौलिक वियोगान्त नाटककार पहलमानसिंह स्वारको स्मृतिमा स्थापना गरिएको ‘पहलमान सिंह स्वार दीर्घ साहित्य साधक पुरस्कार’ कथाकार स्वर्गीय मनु ब्राजाकीलाई प्रदान गरिएको छ । यो पुरस्कार उनलाई मरणोपरान्त प्रदान गरिएको हो ।
नाटककार पहलमानसिंह स्वार स्मृति प्रतिष्ठानद्धारा राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले कथाकार ब्राजाकीलाई उक्त पुरस्कार प्रदान गरेका हुन । पुरस्कारको राशी २५ हजार नगद सहित प्रमाणपत्र रहेको छ ।
त्यस्तैं, पहलमानसिंह स्वार साहित्य प्रतिभा पुरस्कार कवि तीर्थ श्रेष्ठ, तारामान–अम्बीकादेवी स्वार शिक्षा पुरस्कार शिक्षासेवी प्रा.डा. प्रेमकुमार खत्री र बलमानसिंह स्वार चलचित्र पुरस्कार चलचित्र निर्देशक चेतन कार्कीलाई प्रदान गरिएको छ ।
पहलमानसिंह स्वार स्मृति प्रतिष्ठानले पहलमानसिंह स्वार विशेष सम्मान गजलकार ज्ञानुवाकर पौडेललाई प्रदान गरेको छ । उक्त पुरस्कारहरुको राशी जनही १० हजार नगद रहेको छ । कुलपति सरुभक्तले पहलमानसिह स्पार नेपाली साहित्यमा ‘अटलबहादुर’ नाटक लेखेर अजरअमर रहनु भएको बताए ।
नेपाली साहित्यको नाट्य लेखनमा स्वाले प्रथम पटक वियोगान्त शैलीको शुभारम्भ गरेको चर्चा गर्दै कुलपति सरुभक्तले यस्ता अजरअमर स्रष्टाको नाममा स्थापित पुरस्कारले पुरस्कृत स्रटाको उचाई थप बढाएको र साहित्य लेखनमा प्रेरणा थपेको धारणा राखेका थिए ।
स्वार स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. मोहनहिमांशु थापाले स्वारको १३९ औं जयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको जानकारी दिए । अछाम जिल्लाको रिडिकोट मटेनामा जन्मीएका स्वारले साहित्य र शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।
चर्चित देउडा गायक एवं प्रतिष्ठानका महासचिव यज्ञराज उपाध्ययले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएका अजरअमर स्रष्टा पहलमानसिंहप्रति राज्यले सम्मान गर्न नसकेकोप्रति गुनासो पोखे ।
उनले भने पार्टीको नेता भए सबैले सम्झन्थे होला तर स्रष्टा सर्जकहरुलाई विर्सने परम्पराले राष्ट्रलाई क्षति हुन्छ । नेपाली भाषा साहित्यको महत्वपूर्ण योगदान पु¥याउन् ब्यक्तिको स्रष्टाहरुको सम्मान हुन नसकेको गुनासो ब्यक्त गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया