टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सको पाँचौँ जित

लोकपथ
140
Shares

काठमाडौं । सनराइजर्स हैदरावादलाई २१ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौँ जित निकालेको छ ।

बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मारक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेको थियो ।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै रोभम्यान पावेलले ६७ रनको योगदान गरे ।

जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?