अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउन सरकारलाई निर्वाचन आयोगको पत्र

लोकपथ
119
Shares

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ। यसका लागि आयोगले नेपाल सरकारलाई पत्र पठाएको हो।

आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न सरकारलाई लेखि पठाउने निर्णय गरको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?