‘गाउँ उज्यालो बनाउँ’ अभियानमा– पूर्वमन्त्री शर्मा

तुलसीपुर। पूर्वमन्त्री सामान्य प्रशासन मन्त्री रेखा शर्मा ‘गाउँ उज्यालो बनाउँँ अभियान’मा जुटेकी छन् ।

घोराही उपमहानगरपालिका– १८ स्थित कुटुवा खोलाको  हात्तीखर्कमा संसद् विकास कोषको रु १० लाखको लागतमा विद्युत् सेवा विस्तार गरी उनले उक्त अभियान शुरु गरेकी हुन् ।
गाउँका कुनै पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भनी आफूले यो अभियान शुरु गरिएको र यसलाई अन्य स्थानमा समेत विस्तार गरिने पूर्व मन्त्री शर्माको भनाइ थियो । 

कटुवा खोलाको विद्युत्ले झण्डै दुई सय जनसख्यालाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?