काठमाडौं । नेपाली कांग्रेसले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारवाहीको माग गर्दै संसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो ।
प्रस्तावमा प्रसाईले सार्वजनिक संचार माध्यम तथा सामाजिक सञ्जालमार्फत बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा हाल त्यहाँ अध्ययनरत छात्रहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उक्त प्रावधानको ठाडो उलंघन गरेको उल्लेख गरिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘उहाँले दिएको अभिव्यक्तिले नेपालको दशकौँ पुरानो मित्रराष्ट्र बंगलादेशसँगको कुटनीतिक सम्बन्धमा समेत ठूलो आँच पुर्याएको अवस्थामा निजविरुद्ध संविधान र कानून बमोजिम तत्काल आवश्यक कारवाही गरियोस भनि यो प्रस्तावको सुचना दिएको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया