मतदान गर्न जाने यात्रुलाई अफर : अनलाइनबाट टिकट बुकिङ गर्नेलाई सुनको असर्फी !

लोकपथ
42
Shares

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बस सेवाले विशेष अफर सार्वजनिक गरेको छ । अफर अन्र्तगत बस सेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रुले सुनको असर्फी जित्न सक्नेछन् ।

वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बस सेवामार्फत अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये तीन जनालाई गोलाप्रथा मार्फत सुनको असर्फी प्रदान गरिनेछ । यस्तै सोही अवधिमा बस टिकट काट्ने मध्ये २० जनाले क्यूएफ एक्स् टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टीमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिने छ ।

स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिताहोस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उदेश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुख कार्यकारी पिआर खनालले बताए ।

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?