काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर चितवनका विभिन्न गल्ली–गल्लीमा पिच भएको बताएका छन् ।
बिहीबार (आज) चितवनको भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले रेणु दाहालले गल्लीगल्लीमा पिच भएको कारण जग्गाको भाउ समेत बढेको बताए ।
‘ठाउँ–ठाउँमा हरेक गल्लीमा पिच भएको छ । यहाँको भाउ बढेको छ । काठमाडौंभन्दा महंगो भइसकेको छ । उहाँले स्मार्ट सिटी बनाउने कुरा गराउनुभएको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कांग्रेसका एक नेताले भनेको भनाइलाई उद्धृत गर्दै आफू सोझै भएको कारण प्रधानमन्त्री बनाएको बताए । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले प्रचण्डले सोझो शेरबहादुरलाई धोका भएको बताएका थिए । सोही प्रशंगमा उनले भने, ‘सोझो शेरबहादुर देउवालाई भन्नुभयो । उहाँहरुले सोझोलाई नै बनाउनु भयो प्रधानमन्त्री ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया