रेणुको प्रशंसा गर्दै देउवाले भने- ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई नजिताए महानगरवासीले के भन्लान् ?’

लोकपथ
630
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रेणु दाहालले बितेको ५ वर्षमा राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

बिहीबार (आज) चितवनको भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधनमा देउवाले उनको प्रशंसा गर्दै गठबन्धनका उम्मेदवारलाई मत हाल्न आग्रह समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेको कांग्रेस सभापति देउवाले भने, ‘यस्तो राम्रो काम गर्ने मानिसहलाई हरायो भने यहाँको मानिसहरुले के भन्लान् ? महानगरका बासिन्दाले के भन्लान् ?’

त्यसैगरी सबैतिरबाट गठबन्धन टुटाउने प्रयास भइरहेको र त्यसो भएमा कांग्रेस पार्टीमा असर पर्ने समेत उनले बताए ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहको छ । त्यसो भयो भने हाम्रो पार्टी पनि सकिन्छ । राम्रो काम गर्नुस् न तपाईँहरुलाई अर्को पटक उहाँलाई छोड्नुस् भन्नुपर्छ’, देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?