‘देश दुर्घटनामा गयो भने गठबन्धनको विरोधीहरुले जवाफ दिनुपर्छ’

लोकपथ
1k
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन टुटेमा देश दुर्घटनामा जाने बताएका छन् ।

आज (बिहीबार) भरतपुरमा संयुक्त गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।

‘मलाई त केही पनि हुँदैन । मत कँही पनि जाँदिन् । तर देश दुर्घटनामा गयो भने गठबन्धनको विरोधीहरुले जवाफ दिनुपर्छ ।’ उनले भने ।

त्यसैगरी आजको दिनबाट चितवनमा नयाँ तरिकाबाट निर्वाचन आउने समेत उनले बताए ।

भरतपुर महानगरमा गठबन्धनविरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फेरी विचार गर्नका लागि समेत आग्रह गरेका छन् । साथै पौडेलले विचार नगरे पनि उनले आफ्नो अधिकार प्रयोग गरेको भन्दै त्यसलाई आफूले सहयोग गर्ने समेत बताए ।
‘विचार गर्नु भएन भनेपनि जग्गानाथ कृष्णलाल जिहरुसँग समेत मेरो कुनै विमती रहँदैन । त्यो उहाँहरुको अधिकार पनि हो ।’ उनले भने ।

त्यसैगरी भरतपुरसहित देशभरका गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?