काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनौलो रंगको कछुवासहित एक युवकलाई पक्राउ गरेको छ ।
बिहीबार काठमाडौंको चाबहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसको चौथो तलाबाट आशिष थापा घर्तीको साथमा रहेको सुनौलो रंगको एउटा कछुवा प्रहरीले फेला पारेको हो ।
चाबहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री वितरण तथा ओसारपसार गरी ल्याएर २० लाखमा कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा सो युवक प्रकाउ परेका हुन् ।
प्रहरीले घटनास्थलबाट सुनौलो रंगको कछुवा १ थान र १ थान मोबाइल बरामद गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको साम्रागी जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया