चितवन । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले राम्रो उदेश्यका साथ गठबन्धन बनाइएको भन्दै यसको भविष्य सुनिश्चित बनाउनुपर्ने बताएका छन् ।
आज चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गठबन्धनको भविष्यलाई सुनिश्चित बनाउन जोड दिएका हुन् ।
त्यस्तै वर्तमान गठबन्धनलाई स्थानीय निर्वाचन र त्यसपछि पनि लैजानुपर्नेमा जोड दिए ।
‘यो राम्रो उदेश्यले बनाइएको हो । यसको भविष्यलाई सुनिश्चित गर्नुपर्छ । रामचन्द्र पौडेलले भनिसक्नुभएको छ । यो गठबन्धन स्थनीय चुनाव र त्यसपछि पनि लिएर जानुपर्छ ।’ नेपालले भने ।
त्यसैगरी हाल गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाल योग्य भएको कारण नै अघि आएको बताए । उनले रेणुले विकासको काम गरेका कारण अघि आएको बताए । त्यसैगरी उनलाई रेणुलाई प्रचण्डको छोरीको रुपमा मात्र हेर्न नहुने समेत उनको भनाइ रहेको छ ।
‘भरतपुरको मेयर र उपमेयरको कुरा छ । एकदम क्लियर छ कि मेयरमा रेणु दाहाललाई यस आधारमा होइन कि उहाँ पुष्पकमल दाहाल प्रचण्डकी छोरीको रुपमा हेर्ने पनि होइन । अनि छोरी भएपछि अर्को पार्टीमा जाउ भन्ने । योग्य छ, सक्षम छ भने उसलाई राजनीतिमै आउन भन्नुपर्छ । एउटा व्यवसायीहले पनि आफ्नो छोराछोरीहरुलाई व्यवसायतिर आकर्षित गर्नुपर्छ ।’ उनले भने ।
त्यसैगरी अध्यक्ष नेपालले आगामी स्थानीय तहको निर्वाचनमा देशभरबाट गठबन्धनबाट निर्वाचनमा उठेका उम्मेदवारहरुलाई विजय गराउन समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया