काठमाडौं । नेपालका चर्चित कलाकार सन्दीप क्षेत्रीले भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले राम्रो काम गर्न सकेको भन्दै प्रशंसा गरेका छन् ।
बिहीबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनको प्रशंसा गरेका हुन् ।
उनले आफू कुनै पार्टीको मान्छे नभए पनि राम्रो काम गरेका कारण सहयोग गर्न आएको समेत बताए ।
उनले आफूले रेणु दाहाल भन्दा पनि रेणु दिदि भन्ने गरेको समेत बताए । उनलाई दाहाल सम्बोधन गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम जोडिने भन्दै आफूले दिदि भनेर सम्बोधन गर्ने गरेको बताए । उनले अघिल्लो कार्यकालमा राम्रो काम गरे पनि आगामी कार्यकालमा नराम्रो नगर्न समेत सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया