पल शाहको मुद्दामा आज पनि भएन सुनुवाइ

लोकपथ
546
Shares

काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ भएन । उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिएको भए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि लगाउमा राखी हेर्ने आदेश मात्रै भएको छ ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सबै मुद्दालाई लगाउमै राख्ने आदेश दिएका हुन् ।

थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध शाह रिट लिएर उच्च अदालत पोखरा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?