१३ चैत्र २०७९, सोमवार

सारसको मुख्य प्रजनन केन्द्र बन्दै कपिलवस्तु

२०७४,आश्विन,२८,शनिवार ०३:३२

0
Shares

जितपुर, कपिलवस्तु, २८ असोज ।सबैभन्दा बढी सारस पाइने जिल्लाका रूपमा परिचित कपिलवस्तु पछिल्लो समय सारसको मुख्य प्रजनन केन्द्र बन्न थालेको छ । विश्वमै लोपोन्मुखको सूचीमा परेको दुर्लभ पक्षी सारसले यहाँ आफ्नो प्रजनन केन्द्र बनाउन थालेको हो ।पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रहेका ४०० मध्ये कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै २५० भन्दा बढी सारस भएको बताइन्छ । त्यसकारण पनि यो जिल्ला सारसको मुख्य प्रजननको केन्द्र बन्दै गएको हो । जिल्लाको विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल छेउछाउमा केही वर्षयता सारस आउने क्रम बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।आहार विहार पाइने र सुरक्षित महसुस गरेपछि सारसको संख्या बढेको उनीहरुकोे भनाइ छ ।उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो सारस अहिले कपिलवस्तुका विभिन्न स्थानमा अण्डा पार्ने र बच्चा कोरल्न व्यस्त देखिएका छन् । विशेषगरी सारसले असोज र कात्तिक महिनामा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन् ।कपिलवस्तुको कुदान क्षेत्रमा सारसले अण्डा दिएका छन् भने गोटिहवा क्षेत्र नजिक सारसले आफ्ना बच्चा चराउँदै हिँडेको देखिन्छ । त्यस्तै यशोधरा गाउँपालिकाको सिहोखोर, गोटिहवाको पोखरी, निग्लिहवाको नहरका पूर्व धानखेतलगायतका स्थानमा ओथारो बसेका छन् ।सामान्य खतराबाट जोगिन चारैतिर पानी रहेको पोखरीको बीचमा झारपात राखेर उँचो बनाई सारस ओथारो बसेका छन् । सारस ओथारो बसेको ३१ देखि ३४ दिनभित्रमा बच्चा जन्माउने चराविद् डा हेमसागर बरालले जानकारी दिए ।सारस बस्ने ठाउँ वरिपरि सर्पले टोक्ने डर नहुने र बालीलाई नोक्सान पु¥याउने शंखेलगायतका किरालाई खाने हुँदा बाली सप्रन सहयोग पुग्ने भएकाले समेत यसलाई किसानको सारथीका रुपमा लिने गरिन्छ । सारस बस्ने ठाउँ शुभ मानिने हुँदा बालीनाली धेरै फल्ने जनविश्वास छ ।करिब १० किलोसम्म तौल हुने सारस दुर्लभ चरा भएकाले नै वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षण गरेका नौ वटा पक्षी प्रजातिमध्ये एक हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०३:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६