रामचरणलाई हेर्न मात्रका लागि फ्यानहरू बेकाबु, एयरपोर्टदेखि होटलसम्म लर्को

लोकपथ
546
Shares

काठमाडौं । साउथ सुपरस्टार रामचरण आफ्नो आगामी फिल्मको सुटिङका लागि बुधबार विशाखापट्टनम पुगेका छन् । उनका फ्यानहरुले आफ्नो मनपर्ने कलाकारलाई भव्य स्वागत गरेका छन् ।

उनलाई स्वागत गर्न विमानस्थलमा हजारौँ फ्यान जम्मा भएका थिए । विशाखापट्टनम पुगेपछि रामचरण आफ्नो होटलतर्फ प्रस्थान गर्नेबित्तिकै उनका फ्यानहरूले पनि उनलाई पछ्याए ।

आफ्ना मनपर्ने कलाकारको झलक हेर्न फ्यानहरू पनि होटलको पर्खालमासमेत चढेका थिए । यसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

राम चरण

रामचरण प्रसिद्ध निर्देशक शंकरको आगामी फिल्मको सुटिङका लागि विशाखापट्टनम पुगेका छन् । यो फिल्ममा कियारा आडवाणी पनि छिन् । मिडिया रिपोर्टका अनुसार फिल्ममा राम चरण आईएएस अफिसरको भूमिकामा देखिनेछन् । उनी विशाखापट्टनम आइपुगेको खबर सुनेपछि उनको फ्यानहरु उनलाई हर्न होटल अगाडी जम्मा भएका थिए ।

राम चरण

भाइरल भिडियोमा आफ्नो मनपर्ने स्टारलाई एयरपोर्टबाट बाहिर निस्केको देखेर फ्यानले उनको नाम चर्को स्वरमा चिच्याउन थालेको देख्न सकिन्छ । यसका साथै केही फ्यानहरु उनिहरुमाथि फूल बर्षाइरहेको पनि देखिन्छ । अर्को भिडियोमा, प्रशंसकहरू रामचरणको एक झलक पाउन होटल बाहिर पर्खिरहेका देख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?