जीडीपीमा बागमती प्रदेशको ३६.९ प्रतिशत योगदान, अन्य प्रदेशको कति ?

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय तथ्याङ्क विभागले चालू आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को प्रदेशस्तरीय जीडीपीको योगदानको विवरण सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन घटेको छ।

यस वर्ष बागमती प्रदेशको योगदान ३६.९ प्रतिशत हुने प्रक्षेपण गरिएको हो । अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा बागमती प्रदेशको ३७.७ प्रतिशत रहेको थियो ।

तर राष्ट्रिय उत्पादनमा सबैभन्दा बढी योगदान दिनेमा बागमती प्रदेश पहिलो नम्बरमा रहेको छ । विभागको तथ्याङ्क अनुसार प्रदेश नम्बर १ को जीडीपी १५.७ प्रतिशत योगदान रहेको छ । प्रदेश नम्बर १ दोस्रो स्थानमा रहेको छ।

त्यस्तै, १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेश प्रदेश चौथो स्थानमा रहन सफल भएको छ ।

कुल गार्हस्थ्य योगदानमा गण्डकी प्रदेशको ८.९ प्रतिशत योगदान रहेको छ भने सुदूरपश्चिम प्रदेश ७.० प्रतिशत र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षका लागि अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको विभागले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?