काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि बहस सकिएको हो । बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

एआईजी विश्वराज पोखरेलले आईजीपी नियुक्तिमा वरियताक्रम मिचिएको भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त मुद्दामा बुधबारबाट सुनवाइ सुरु भएको थियो ।
बुधबारदेखि सुरु भएको सुनुवाइ सो दिन नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधबार पोखरेलका कानुन व्यवसायीले सुरुवाती बहस गरेका थिए । पहिलो सुनुवाइकै दिन रिटमा विपक्षी बनाइएको सरकारी पक्षले पनि हस्तक्षेप बहस गरेको थियो ।
आज दोस्रो दिन पोखरेलका कानुन व्यवसायी माधव बस्नेतले जवाफी बहसमा सरकारले आईजीपीमा बढुवा हुनेभन्दै नियुक्त गर्न नमिल्ने जिकिर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया