आईजीपी नियुक्तिविरुद्धको मुद्दा : जवाफी बहस सुरु

लोकपथ
871
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक आईजीको नियुक्तिविरुद्ध परेको रिटमा आजपनि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी छ ।

एआईजी विश्वराज पोखरेलले आईजीपी नियुक्तिमा वरियताक्रम मिचिएको भन्दै सोमबार सर्वच्चमा रिट दायर गरेका थिए । उक्त मुद्दामा बुधबारबाट सुनवाइ सुरु भएकोमा पक्ष विपक्षमा बहस भएको थियो ।

बुधबार पोखरेलका कानुन व्यवसायीले सुरुवाती बहस गरेका थिए । पहिलो सुनुवाइकै दिन रिटमा विपक्षी बनाइएको सरकारी पक्षले पनि हस्तक्षेप बहस गरेको थियो ।

आज दोस्रो दिन पोखरेलका कानुन व्यवसायी माधव बस्नेतले जवाफी बहस थालेका छन् । उनले सरकारले आईजीपीमा बढुवा हुनेभन्दै नियुक्त गर्न नमिल्ने जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?