मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

लोकपथ
245
Shares

सप्तरी । बुधबार राति मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

छिन्नमस्ता गाउँपालिका-१ बिरपुरस्थित सडकमा तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री तिलाठी कैलाली बस्ने ३५ वर्षीय सतिस यादवको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा मोटरसाइकल चालक समेत घाइते भएका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?