कर्णाली प्रदेशमा पहिलो पटक मिस नेपालको अडिसन

लोकपथ
104
Shares

काठमाडौं । आयोजक द हिडन ट्रेजरले कर्णाली प्रदेशमा पहिलोपटक मिस नेपालको अडिसन आयोजना गरेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार र बुधबार अडिसन आयोजना भएको हो । दैलेख र सुर्खेत लगायत प्रदेशका जिल्लाबाट १० जना सुन्दरीले अडिसन दिएका छन् ।

पहिलोपटक कर्णालीमा समेत अडिसन लिन लागिएको खुसी व्यक्त गरेको छ । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले मिस नेपाल दुर्गम ठाउँमा पुग्नु हर्षको कुरा भएको बताए ।बुधबार सुर्खेत र नेपालगञ्जमा अडिसन सकिंदैछ भने धनगढीमा बिहीबार हुनेछ ।

यस्तै अहिलेसम्म ७०० भन्दा बढीले प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् । धरान र काठमाडौंमा अडिसन हुन बाँकी छ ।

आवेदन दिनेको संख्या अहिलेसम्मकै उच्च रहेको हिडन ट्रेजरले जनाएको छ । यसपटक सुप्रान्यासनल विधालाई हटाएर मिस वल्र्ड, इन्टरनेसनल र अर्थ टाइटललाई निरन्तरता दिइएको छ ।

असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?