पहिरो खसेपछि सिद्दार्थ राजमार्ग अवरूद्द

बुटवल : पाल्पाको तीनाउ गाउँपालिका-३, हेडबक्स नजिक पहिरो खसेपछि सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड बिहान ७ बजेदेखि अवरूद्द भएको छ । 

ठूलो बर्षा भर्इरहेकाले पहिरो खस्ने क्रम नरोकिएको र उपकरण प्रयोग गर्न समेत जोखिमयुक्त भएइको क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जानकारी दिएको छ । 

पहिरोका कारण सडक थुनिँदा बुटवलबाट गुल्मी, बाग्लुङ, स्याङ्जा, कास्की, पाल्पालगायतका गन्तव्यमा जाने सवारीसाधनहरू बीचमै रोकिएका छन् । 

सडकमा थुप्रिएको पहिरो सफा गरि यातायात सुचारू गराउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?