‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म डिजिटल अडिसन दिन सकिने

लोकपथ
143
Shares

काठमाडौं ।  हिमालय टेलिभिजनमा प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म डिजिटल अडिसन दिन सकिने भएको छ ।

गुगल प्ले र एप स्टोरमार्फत भ्वाइस अफ नेपालको आधिकारिक एप डाउनलोड गरी एपमार्फत भिडियो पठाउनुपर्ने नियम छ ।दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ ।

निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई निर्देशक लक्ष्मण पौडेलले आग्रह गरेका छन् । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुनेछ ।

प्रतिस्पर्धामा १२ जनाको समूह हुने भएकाले झण्डै डेढ सय जना ब्लाइन्ड अडिसनमार्फत छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?