काठमाडाैं : चिकित्सा शिक्षाका क्षेत्रमा दोषी देखिएकाहरूमाथि २ महिनाभित्र कारबाही गर्नेगरि सरकार र डा. गोविन्द केसीबीच सम्झाैता भएलगत्तै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले अाफुहरूलार्इ दाेषी करार गर्ने गाैरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ अायोगको प्रतिवेदन नमान्ने जिकिर गरेका छन् ।
सार्वजनिक बिदाको दिन (शनिबार) एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय, रजिस्टरको कार्यालयले जाँचबुझ अायोगकै प्रतिवेदनमाथि प्रश्न गरेको छ ।
पूर्वन्यायाधीश कार्कीले पूर्वाग्रही हिसाबले कारबाहीको घोषणा गरेको दाबी गर्दै त्रिविका पदाधिकारीहरूले उल्टै छानबीन समितिकै अध्यक्ष कार्कीमाथि छानबीनको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया