धनुषामा उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार

लोकपथ
294
Shares

धनुषा । धनुषाको कमला नगरपालिकाका उम्मेदवार सर्वदेव यादवका बुबामाथि धारिलो हतियार प्रहार भएको छ ।

नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार यादवका ७० वर्षीय बुबा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुबामाथि उनीहरूले आक्रमण गरेको दाबी गरेका छन् । घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ ।

उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?