शुक्रबार नेपालसहित विश्वभर रिलिज हुँदै ‘डक्टर स्ट्रेन्ज-२’

लोकपथ
156
Shares

काठमाडौं । भोली (शुक्रबार) नेपाल भारतसहित विश्वभर प्रतिक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’ प्रदर्शन हुने भएको छ ।

गएराति हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को वर्ल्ड प्रिमियर अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ ।

मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरु बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनसहितको उपस्थित रहेको थियो । फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्ज पात्रको भूमिका निर्वाह गरेका छन् ।

मल्टिभर्स काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । भारतमा अग्रिम टिकट बिक्रीबापत २० करोड भारु कमाइ गरेको जनाइएको छ भने नेपालमा फिल्मको सेन्सर जाँच बुधबार बेलुका हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?