काभ्रेस्थली हुँदै जान थाल्यो काठमाडौंको फोहोर

लोकपथ
133
Shares

काठमाडौँ उपत्यकाको फोहोर सिसडोल पुर्‍याउन फोहोर व्यवस्थापन गर्ने मजदुरले काभ्रेस्थली मार्गबाट फोहोर सिसडोल लैजान थालेका छन् ।

मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म ८० कन्टेनर फोहोर काभ्रेस्थली भएर सिसडोल लगिएको छ ।

फोहोर १० दिनदेखि उठ्न सकेको थिएन । सहरका केही भाग अहिले सफा भएको छ ।

वर्षा र सिसडोलका स्थानीयको सङ्घर्षको दोहोरो समस्याका कारण काठमाडौँ महानगरपालिकाका सडकमा थुप्रिएका फोहोर सिसडोल डम्पिङ साइट लैजाने कार्य अरू अनिश्चितजस्तै थियो ।

फोहोर व्यवस्थापन गर्ने मजदुरले काभ्रेस्थलीको बाटो प्रयोग गरेको काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

काभ्रेस्थलीको यो बाटोमा कुनै अवरोध नरहेकाे खबर गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?