१२ फाल्गुन २०८०, शनिवार

सारसको मुख्य प्रजनन केन्द्र बन्दै कपिलवस्तु

२०७४,आश्विन,२८,शनिवार ०३:३२

0
Shares

जितपुर, कपिलवस्तु, २८ असोज ।सबैभन्दा बढी सारस पाइने जिल्लाका रूपमा परिचित कपिलवस्तु पछिल्लो समय सारसको मुख्य प्रजनन केन्द्र बन्न थालेको छ । विश्वमै लोपोन्मुखको सूचीमा परेको दुर्लभ पक्षी सारसले यहाँ आफ्नो प्रजनन केन्द्र बनाउन थालेको हो ।पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रहेका ४०० मध्ये कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै २५० भन्दा बढी सारस भएको बताइन्छ । त्यसकारण पनि यो जिल्ला सारसको मुख्य प्रजननको केन्द्र बन्दै गएको हो । जिल्लाको विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल छेउछाउमा केही वर्षयता सारस आउने क्रम बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।आहार विहार पाइने र सुरक्षित महसुस गरेपछि सारसको संख्या बढेको उनीहरुकोे भनाइ छ ।उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो सारस अहिले कपिलवस्तुका विभिन्न स्थानमा अण्डा पार्ने र बच्चा कोरल्न व्यस्त देखिएका छन् । विशेषगरी सारसले असोज र कात्तिक महिनामा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन् ।कपिलवस्तुको कुदान क्षेत्रमा सारसले अण्डा दिएका छन् भने गोटिहवा क्षेत्र नजिक सारसले आफ्ना बच्चा चराउँदै हिँडेको देखिन्छ । त्यस्तै यशोधरा गाउँपालिकाको सिहोखोर, गोटिहवाको पोखरी, निग्लिहवाको नहरका पूर्व धानखेतलगायतका स्थानमा ओथारो बसेका छन् ।सामान्य खतराबाट जोगिन चारैतिर पानी रहेको पोखरीको बीचमा झारपात राखेर उँचो बनाई सारस ओथारो बसेका छन् । सारस ओथारो बसेको ३१ देखि ३४ दिनभित्रमा बच्चा जन्माउने चराविद् डा हेमसागर बरालले जानकारी दिए ।सारस बस्ने ठाउँ वरिपरि सर्पले टोक्ने डर नहुने र बालीलाई नोक्सान पु¥याउने शंखेलगायतका किरालाई खाने हुँदा बाली सप्रन सहयोग पुग्ने भएकाले समेत यसलाई किसानको सारथीका रुपमा लिने गरिन्छ । सारस बस्ने ठाउँ शुभ मानिने हुँदा बालीनाली धेरै फल्ने जनविश्वास छ ।करिब १० किलोसम्म तौल हुने सारस दुर्लभ चरा भएकाले नै वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षण गरेका नौ वटा पक्षी प्रजातिमध्ये एक हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०३:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको

ताजा समाचार

मानिसको हात जस्तो देखिने अनौठो चट्टान
 २०८०,फाल्गुन,१२,शनिवार १३:००
दोस्रो उपत्यकाव्यापी कराते आजदेखि
 २०८०,फाल्गुन,१२,शनिवार ११:०३