नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी कार्यक्रममा सहभागी देशका विभिन्न स्थानमा पुग्ने भएका छन् । उनको सचिवचालयले पार्टीको चुनावी कार्यक्रम सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रचण्ड आज बिहीबारदेखि वैशाख २७ गतेसम्म व्यस्त रहनेछन् । जसअनुसार उनी आमसभाहरुमा सहभागी भइ सम्बोधन गरेर पार्टी र गठबन्धनको पक्षमा माहोल बनाउनेछन् ।
कार्यक्रमअनुसार उनी वैशाख २२ गते भरतपुर, २३ गते काठमाडौं, २४ गते घोराही दाङ, २५ गते कालीकोट, २६ गते बन्दीपुर र २७ गते जितपुर सीमराको आमसभामा सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया