पूर्व-पश्चिम राजमार्ग चार लेन फराकिलो बनार्इँदै

काठमाडौं : १ हजार किलोमिटर लम्बार्इको पूर्व-पश्चिम राजमार्गलार्इ ४ लेनमा विस्तार गर्न सरकारले प्रकृया थालेको छ । 

हाल दुर्इ लेनको यो सडकले सवारी चाप थेग्न नसकेपछि र दुर्घटना बढ्दै गएपछि भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनभित्रै सडक विस्तारका लागि बोलपत्र अाब्हान गर्न लागेको जनाएको छ । 

बोलपत्र अाब्हान भएको ३ बर्षभित्र राजमार्गलार्इ ४ लेनमा विस्तार गरिसक्ने मन्त्रालयले दाबी गरेको छ । काँकडभिट्टादेखि बुटवलसम्म पहिलो चरण र बुटवलदेखि कञ्चनपुरसम्म दोस्रो चरणमा सडक विस्तार गर्ने तयारी मन्त्रालयले थालेको हो । 

पूर्व-पश्चिम राजमार्गका साथै मन्त्रालयले ४ बर्षभित्र हुलाकी सडक र मदन भण्डारी राजमार्ग एवं ३ बर्षभित्र मध्य पहाडी लोकमार्गको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?